17.1 C
Kathmandu
Thursday, March 28, 2024
spot_img

सप्तरीको खडकमा माओवादी केन्द्र, कञ्चनरुपमा कांग्रेस

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)ले नगरप्रमुखमा पहिलो जित हासिल गरेको छ ।

नेकपा (एकीकृत समाजवादी)सँग गठबन्धन गरेर माओवादी केन्द्र नगरप्रमुखमा विजयी भएको हो । प्रमुखमा जयप्रकाश चौधरी ५ हजार ८८२ मत ल्याई निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख जनता समाजवादी पार्टीका हेमायु हकले पाँच हजार ६७ मत ल्याउनुभयो ।

यसअघि जिल्लाको कुनै पनि स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा माओवादी केन्द्रले जित्न सकेको थिएन । माओवादी केन्द्रले नगरपालिकाको एउटा मात्र वडा नम्बर ६ मा जित हासिल गरेको छ ।

यस्तै उपप्रमुखमा जसपाकी रीताकुमारी चौधरी ६ हजार २३१ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांंग्रेसकी यसमिन सुल्तान खातुनले तीन हजार २१० मत ल्याउनुभयो । पराजित खातुन पनि निवर्तमान उपप्रमुख हुन् । नेकपा (एकीकृत समाजवादी)का शत्रुघ्नप्रसाद साह दुई हजार ९४३ मत ल्याउनुभयो ।

कूल ११ वडा रहेको खडक नगरपालिकामा जसपाले वडा नं २, ६, ९ र ११, कांग्रेसले वडा नं ३, ८ र १०, एकीकृत समाजवादीले वडा नं ४ र ५ तथा लोसपा र माओवादीले क्रमशः वडा नं १ र ६ मा जित हासिल गरेको छ ।

कञ्चनरुपमा कांग्रेस

कञ्चनरुप नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।

नगर प्रमुखमा कांग्रेसका ललनप्रसाद गुप्ता र उपप्रमुखमा मुनाकुमारी पोखरेल विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गुप्ताले सात हजार ८८९ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पर्टीका भोलाकुमार पासवानले पाँच हजार ७०४ मत ल्याउनुभयो । नेकपा (एमाले)का कलिम मियाँले पाँच हजार २०५ मत प्राप्त गर्नुभयो ।

यसैगरी उपप्रमुखमा निर्वाचित पोखरेलले सात हजार ७४ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी कल्पना चौधरीले पाँच हजार ५४७ मत प्राप्त गर्नुभएको छ ।

कूल १२ वडा रहेको कञ्चनरुपमा कांग्रेसले वडा नं २, ४, ५, ७ र ८, एमालेले ३, ६, ११ र १२ तथा जसपाले १, ९ र १० मा वडाध्यक्षमा जित हासिल गरेको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles