19.1 C
Kathmandu
Friday, March 29, 2024
spot_img

पनौतीको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामशरण भण्डारी र उपप्रमुखमा नेकपा (एमाले) की गीता बञ्जारा विजयी हुनुभएको छ ।

भण्डारी १४ हजार ५० र उपप्रमुखमा बञ्जारा १२ हजार ३३७ मत प्राप्त गरी विजयी हुनुभएको हो । प्रमुख पदको निकटतम प्रतिस्पर्धी एमालेका भीम न्यौपानेले ११ हजार ७८३ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखमा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका छवि लाल हुमागाईले १० हजार ३८८ मत प्राप्त गर्नुभएको छ ।

पनौती नगरपालिकाको प्रमुखको निकटतम प्रतिस्पर्धी न्यौपाने र उपप्रमुखमा निर्वाचित बञ्जारा २०७४ सालको निर्वाचनमा उपप्रमुखमा निर्वाचित हुनुहुन्थ्यो । वडा नं १ मा कांग्रेसका जयकुमार तामाङ, २ मा एमालेका पुरुषोत्तम अधिकारी, ३ मा एमालेका विष्णुप्रसाद सापकोटा, ४ मा एमालेकै दीपकप्रसाद दाहाल, ५ मा कांग्रेसका विनोद खत्री, ६ मा एमालेका भीमप्रसाद आचार्य र वडा नं ७ मा एमालेकै सविन ताम्राकार विजयी हुनुभएको छ ।

त्यसैगरी वडा नं ८ मा एमालेका वेदप्रसाद बञ्जारा, ९ मा कांग्रेसका सहकुलकुमार हुमागाई, १० मा मोहनबहादुर भण्डारी, ११ मा एमालेका विपेन्द्र लामा र वडा नं १२ मा एकीकृत समाजवादीका जयराम केसी विजयी हुनुभएको छ ।
–––

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles