23.1 C
Kathmandu
Thursday, September 14, 2023
spot_img

पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । मङ्गलबार राति परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो ।

सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फीरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको उहाँले बताउनुभयो । पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,869FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles