22.1 C
Kathmandu
Friday, June 2, 2023
spot_img

कर्णाली प्रदेशसभा बैठक सुचारु गर्न सर्वदलीय बैठक बस्दै

कर्णाली प्रदेशसभाको बैठक सुचारु गर्न सभामुख राजबहादुर शाहीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले मङ्गलबार प्रदेशसभा बहिष्कार गरेपश्चात् स्थगित भएको बैठक सुचारु गर्न उहाँले बैठक बोलाउनुभएको हो । सर्वदलीय बैठक आज दिउँसो ३ बजे बोलाइएको सभामुख शाहीले राससलाई जानकारी दिनुभयो ।

मङ्गलबार प्रदेशसभाको दशौँ अधिवेशनको २६औँ बैठकको सुरुमै नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य गोपाल शर्माले सत्ता गठबन्धनको प्रमुख दल माओवादी केन्द्रको जिम्मेवारी र आवश्यकतालाई सदन र सरकारमा पूर्णतया बेवास्ता गरिएको असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

उहाँले पर्याप्त बजेट विनियोजन गरी कार्यविधि बनाएर नयाँ व्यवस्था वा प्रदेश प्राप्तिको आन्दोलनमा जीवन बलिदान गर्ने शहीद परिवारका लागि शहीद स्मृति र घाइते अपाङ्गता भएका व्यक्तिको जीवन निर्वाह भत्ताको व्यवस्था गरिए पनि त्यसको कार्यान्वयन नगरी बजेट फ्रिज फालिएको उहाँको भनाइ थियो । अर्थ तथा प्राकृतिक स्रोत समिति नेतृत्वविहीन बनाइएको सवाल पनि सदस्य शर्माले उठाउनुभएको थियो ।

संसदीय समितिको बैठकमा कार्यसूची निर्माण, निर्णय प्रक्रिया नियम विपरीत भएको जनाउँदै उहाँले कतिपय निर्णय प्रक्रियामा असम्बन्धित क्षेत्रबाट हस्तक्षेप भएका कारण शान्ति तथा पुनःस्थापना, पर्वतीय विश्वविद्यालय दलित सशक्तिकरण, सिजा सभ्यता, आमसञ्चार प्रतिष्ठान जस्ता महत्वपूर्ण विधेयक कार्यसूचीमै प्रवेश गर्न नसकेको औँल्याउनुभएको थियो ।

ती सवाल एवं विषयहरुमा उपयुक्त छलफल तथा निष्कर्ष नआउञ्जेलसम्म सदनमा उपस्थित नहुने धारणा व्यक्त गरेर सदन बहिष्कार गरेको माओवादीलाई सहमतिमा ल्याएर सदन सुचारु गर्न आज सर्वदलीय बैठक बोलाइएको सभामुख शाहीले बताउनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,795FollowersFollow
20,800SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles