21.1 C
Kathmandu
Friday, April 19, 2024
spot_img

नयाँ प्रविधिको प्रयोगबाट कारबाहीसँगै राजस्व सङ्कलनमा वृद्धि

ट्राफिक प्रहरीले जाँचमा नयाँ प्रविधि प्रयोगमा ल्याएपछि कारबाही र राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ ।

मधेश प्रदेशमा विगतमा जाँचमा प्रयोग गरिएको ‘हैण्डहेड राडर गन’भन्दा पछि प्रयोगमा ल्याइएको ‘सिसी टिभी बिथ राडर गन’ प्रविधिले कारबाहीमा सहजता र राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले जनाएको हो ।

यो कार्यालयले मधेश प्रदेशको ट्राफिक व्यवस्थापन र राजमार्ग सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको छ । “हामीले २०७८ फागुनदेखि ‘सिसीटिभी विथ राडर गन’ प्रयोगमा ल्यायौँ, यसले विगत आर्थिक वर्ष २०७७÷७८ को तुलनामा कारबाही सङ्ख्यामा २२५ र राजस्व सङ्कलनमा २२३ प्रतिशत वृद्धि ल्यायो”, कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले भन्नुभयो, “विगतको ‘हैण्डहेल्ड राडर गन’ भन्दा पछिल्लो प्रविधि प्रयोगमा सहज, वैज्ञानिक र उपलब्धिमूलक रहेछ ।”

प्रदेशका आठ जिल्लामध्ये हालसम्म महोत्तरीको गौरिडाँडा, सिरहाको लहान, सप्तरीको भारदह र बाराका निजगढ एवं पथलैयामा ‘सिसीटिभी विथ राडर गन’ जडान रहेका प्रनाउ भण्डारीले जानकारी दिनुभयो ।

गत आर्थिक वर्ष २०७८÷७९ का पछिल्ला चार महिना (२०७८ चैतदेखि २०७९ असारसम्म) को लेखाजोखा गर्दा त कारबाहीमा ८०४ र राजस्व सङ्कलनमा ३०१ प्रतिशतको वृद्धि भएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा ‘हैण्डहेल्ड राडर गन’ प्रविधि प्रयोगमा रहेका बेला दुई लाख ५९ हजार १८८ सवारीसाधन जाँच कारबाही सङ्ख्या र रु १९ करोड १६ लाख ३७ हजार राजस्व सङ्कलन भएको थियो । पछिल्लो आर्थिक वर्ष (अब गत आव) २०७८÷७९ मा भने कारबाही सङ्ख्या दुई लाख ६४ हजार ३१० र राजस्व सङ्कलन रु २२ करोड ४४ लाख ४० हजार ५०० भएको कार्यालय अभिलेखको तथ्याङ्क छ । पछिल्लो वृद्धिमा ‘सिसीटिभी विथ राडर गन’प्रविधिको प्रयोग निकै सहयोगी भएको प्रनाउ भण्डारीको भनाइ छ ।

‘सीसीटिभी विथ राडर गन’ले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल सङ्केत दिने हुँदा त्यस्ता सवारीसाधन रोकेर आवश्यक सुझाव दिन र कारबाहीको दायरामा ल्याउन सहज भएको ट्राफिक प्रहरी बताउँछन् । गत आव २०७८÷७९ मा कार्यालयले प्रदेशभरिका आठवटै जिल्लामा दुई हजार ८४९ सचेतना कार्यक्रम सञ्चालन गरेको र सो कार्यक्रमबाट तीन लाख ३९ हजार ९२८ जना सवारी चालक लाभान्वित भएका कार्यालयले जनाएको छ ।

सडकमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनाका घटना हुने गरेका छन् । त्यसैले सचेतना कार्यक्रममा मोटरसाइकल चालकलाई नै बढी सहभागी गराइने गरिएको प्रनाउ भण्डारीको भनाइ छ । गत आव २०७८÷७९ मा प्रदेशभरिमा पाँच हजार ७११ सडक सवारी दुर्घटनाका घटना दर्ता भएका जनाइएको छ । त्यसमध्ये ५० प्रतिशतभन्दा माथि मोटरसाइकल दुर्घटना नै रहेका छन् । यद्यपि पछिल्ला दिनमा जाँचमा कडाइ र कारबाही पनि बढाइँदै लगिएपछि तीव्र गतिमा हाक्ने प्रवृतिमा केही सुधार हुँदै गएको कार्यालयले जनाएको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles