
काठमाडौं । एकजना यात्रुले आपतकालीन ढोका खोलेपछि बुद्ध एयरको उडान प्रभावित भएको छ । विराटनगरबाट जनकपुरका लागि उड्दै गरेको बुद्ध एयरको एटीआर विमानमा यात्रु पङ्कजविक्रम शाहले आपतकालीन ढोका खोलेपछि उडान प्रभावित भएको हो ।
आज बिहानै काठमाण्डौबाट जनकपुरका लागि उडेको विमान खराब मौसमका कारण विराटनगर पुगेको थियो । मौसम खुलेपछि विराटनगरबाट उड्ने तरखरमा रहेको जहाज धावनमार्ग पस्दै गर्दा शाहले आपतकालीन ढोका खोलेका थिए । त्यसपछि जहाजलाई पार्किङमा फर्काएर जाँच भइरहेको छ ।
दशैँको समयमा एउटा उडानको समय ढीला हुँदा यसले सबै उडान प्रभावित हुन्छन् । यसअघि यही असोजको १६ र २१ गते पनि यात्रुले विमानका आपतकालीन ढोका खोल्दा उडान प्रभावित भएका थिए ।आपतकालीन अवस्थाबाहेक अरु समयमा यात्रुले आपतकालीन अर्थात् इमेर्जेन्सी ढोका खोल्न पाइँदैन ।