• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

कास्कीमा निषेधाज्ञा तोडेर रास्वपाको प्रदर्शन


काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा रास्वपाले प्रदर्शन गरेको छ । कास्की जिल्ला अदालत, सहिदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।

निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भइरहेको छ । अहिले पनि रास्वपाका नेता कार्यकर्ताले रवि पक्राउको विरोधमा सहिदचोकमा नाराबाजी गरिरहेका छन् ।निषेधित क्षेत्रबाट रास्वपा नेता कार्यकर्तालाई हटाउन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ४ गते आइतवार