चिसो बढ्दै, काठमाडौंको तापक्रम १४ डिग्री सेल्सियसभन्दा कम


काठमाडौं । आज ठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियसबाट पनि मुनि झरेको छ। यसअघि कात्तिक ३ गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस थियो।नेपालमा ‘पोस्ट मनसुन’ सिजन चलिरहँदा देशभर क्रमशः तापक्रम ओरालो लागिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ः४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार उपत्यकाको न्यूनतम तापक्रम त्यसभन्दा पनि घटेर १३.८ डिग्री सेल्सियसमा झरेको हो।

प्रकाशित मिति : २०८१ कार्तिक ५ गते सोमवार