काठमाडौँ – तनहुँको व्यास नगरपालिका–१२ स्थित बेलभन्ज्याङमा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। पृथ्वीराजमार्ग अन्तर्गत बेलभन्ज्याङमा आज बिहान गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा घटनास्थलमै दुईजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दुर्घटनामा ज्यान गुमाउने व्यक्तिहरूको पहिचान खुल्न सकेको छैन। प्रारम्भिक अनुसन्धानअनुसार हुस्सु लागेर मोटरसाइकल अनियन्त्रित भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिएका हुन्। मृतकको पहिचान र घटनाको थप विवरण सार्वजनिक गर्ने कार्य जारी छ।
घटनाको विस्तृत विवरण उपलब्ध भएपछि समाचार अद्यावधिक गरिनेछ।