• २०८३ बैशाख २९ गते मङ्गलवार
  • Preeti To Unicode

ग्यास सिलिन्डर विस्फोटपछि रारा डाँफे होटलमा भीषण आगलागी, चार भवन पूर्ण रूपमा नष्ट


काठमाडौँ  – रारा ताल किनारमा रहेको डाँफे होटलमा बुधबार राति भीषण आगलागी भएको छ। प्रारम्भिक जानकारीअनुसार ग्यास सिलिन्डर विस्फोटका कारण आगलागी सुरु भएको हो।

घटनामा होटलका चारवटा काठका भवन पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र होटल कर्मचारीहरूले संयुक्त रूपमा प्रयास गरेका थिए। बिहान मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।

होटलमा रहेका पाहुनाहरूलाई सुरक्षित रूपमा उद्धार गरी सेनाको ब्यारेक, अन्य होटल तथा रारा राष्ट्रिय निकुञ्ज कार्यालयमा सारिएको छ।

घटनास्थलतर्फ जाँदै गरेका डीएसपी सरोज गिरीका अनुसार आगलागीबाट भएको थप क्षतिको विवरण आउन बाँकी छ। यस्तै, होटल व्यवस्थापनका अनुसार आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ। आगलागीको विस्तृत कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

4o

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार