काठमाडौं । बिहीबार सुनको भाउ प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ, जसले अघिल्लो दिनको भाउ २ लाख ८८ हजार ५ सय रुपैयाँको तुलना गर्दा २,९०० रुपैयाँको गिरावट देखाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, विगत एक सातामा सुनको भाउ १६ हजार ७ सय रुपैयाँ घटेको छ। गत बिहीबार सुनको भाउ ३ लाख २ हजा ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको छ, जुन अघिल्लो दिनको ४ हजार ९२० रुपैयाँको तुलनामा १ सय रुपैयाँले कम हो। विगत एक हप्तामा चाँदीको मूल्य ५ हजार १० रुपैयाँबाट ४ हजार ८२० रुपैयाँमा झरेको छ।
विशेषज्ञका अनुसार, मुल्य घट्ने कारण बजारमा मागको कमी र अन्तर्राष्ट्रिय धातु मूल्यमा आएको उतार-चढाव हुन सक्छ।