• २०८२ चैत्र १३ गते शुक्रवार
  • Preeti To Unicode

रवि लामिछानेले संसद सपथ लिए, तर कानुनी विवादले सरकारमा सहभागी हुन रोक

रवि लामिछानेले संसद सपथ लिए, तर कानुनी विवादले सरकारमा सहभागी हुन रोक

काठमाडौं । फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको सपथ लिएका छन्। सोही क्रममा रास्वपा सभापति रवि लामिछानेले पनि अन्य सांसदसँगै सपथ लिएका छन्। लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ।

सम्पत्ति शुद्धीकरणको अभियोग लागेका व्यक्तिले सार्वजनिक पद धारण गर्न नपाउने कानुन रहेकाले, सपथ लिएपछि उनी सांसद भए तापनि सरकारमा मन्त्री पदमा सहभागी हुन अहिले सम्भव छैन

२०७९ सालको निर्वाचनमा चितवन २ बाट निर्वाचित लामिछानेलाई पहिले अनागरिक ठहरिएपछि सांसद पद खारेज गरिएको थियो। त्यसपछि नेपाली नागरिकता लिएर भएको उपचुनावमा उनले अझ बढी मतले जित हासिल गरेका थिए। तर दोस्रो पटक निर्वाचित भए पनि सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि उनका सांसद पदहरू निलम्बित भएका थिए।

२०८१ पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारी ठगीसहित सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा दायर गरेपछि भोलिपल्ट पुस ८ गते लामिछानेको सांसद पद निलम्बन गरिएको थियो।

प्रकाशित मिति : २०८२ चैत्र १३ गते शुक्रवार