काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँले घटेर २ लाख ८१ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको भाउ २ लाख ८५ हजार ६ सय रुपैयाँ थियो।
समग्रमा विगत एक सातामा सुनको भाउ १३ हजार ५ सय रुपैयाँले घटेको देखिन्छ। गत शुक्रबार सुनको भाउ २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।