• २०८२ चैत्र १७ गते मङ्गलवार
  • Preeti To Unicode

आवेदन दिएकै दिन श्रम स्वीकृति पाउने व्यवस्था, टोकन प्रणाली हटाइयो

आवेदन दिएकै दिन श्रम स्वीकृति पाउने व्यवस्था, टोकन प्रणाली हटाइयो

काठमाडौं । आजदेखि वैदेशिक रोजगारका लागि श्रमिकले आवेदन दिएको दिनै श्रम स्वीकृति पाउने व्यवस्था लागू भएको छ। यसअघि टोकन प्रणालीअनुसार दैनिक निश्चित संख्यामा मात्र श्रम स्वीकृति प्रदान गरिँदै आएको थियो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टोकन प्रणाली हटाएर आवेदन दिएको दिनै श्रम स्वीकृति प्रदान गर्ने निर्देशन वैदेशिक रोजगार विभागलाई दिएको थियो। सोही अनुसार विभागले अब आवेदन दिएकै दिन श्रम स्वीकृति र पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाएको छ। आवश्यक कागजातहरू पूरा भएमा यो सुविधा लागू हुनेछ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक कुमार साहको उपस्थितिमा आइतबार बसेको बैठकले श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सुधारका काम अघि बढाउने निर्णय गरेको थियो। बैठकमा सरकारले चैत १३ गते ल्याएको शासकीय सुधार सम्बन्धी १०० कार्यसूची अनुसार श्रमिकको हकहित संरक्षण र क्षेत्रमा सुधारका लागि विभिन्न कार्ययोजना बनाउने निर्देशन दिइएको थियो।

प्रकाशित मिति : २०८२ चैत्र १६ गते सोमवार