काठमाडौंमा- ज्ञानेन्द्र शाही ले बालेन्द्र शाह समक्ष कर्णाली प्रदेशको समग्र विकाससँग सम्बन्धित ९ बुँदे माग प्रस्तुत गरेका छन्। प्रधानमन्त्रीले विभिन्न प्रदेशका सांसदहरूसँग परामर्श लिइरहेका क्रममा भएको उक्त भेटमा शाहीले कर्णालीको पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, रोजगारी सिर्जना तथा स्थानीय स्रोत–साधनको प्रभावकारी उपयोगका विषय उठाएका हुन्। जवाफमा बालेन्द्र शाह ले कर्णालीको दीगो र समावेशी विकासका लागि सरकार प्रतिबद्ध रहेको जनाउँदै आवश्यक नीतिगत तथा संरचनागत सहयोग प्रदान गर्ने आश्वासन दिएका छन्। उक्त छलफलमा कर्णाली प्रदेश बाट निर्वाचित सबै सांसदहरूको उपस्थिति रहेको थियो।