• २०८२ चैत्र १७ गते मङ्गलवार
  • Preeti To Unicode

‘युरोभिजन’ प्रतियोगिता अब एसियामा: नेपालसहित १० देश सहभागी, बैंककमा नोभेम्बर १४ मा ग्रान्ड फिनाले

‘युरोभिजन’ प्रतियोगिता अब एसियामा: नेपालसहित १० देश सहभागी, बैंककमा नोभेम्बर १४ मा ग्रान्ड फिनाले

विश्वकै प्रतिष्ठित सांगीतिक प्रतिस्पर्धा ‘युरोभिजन’ अब एसियामा पनि आयोजना हुँदैछ। सन् १९५६ देखि युरोपेली प्रसारण संघ (ईबीयू)ले आयोजना गर्दै आएको यो प्रतियोगिता पहिलोपटक ‘युरोभिजन सङ कन्टेस्ट एसिया २०२६’ को रूपमा सन् २०२६ मा सुरु हुने भएको हो। प्रतियोगिताको ग्रान्ड फिनाले नोभेम्बर १४, २०२६ मा थाइल्यान्डको बैंककस्थित आइडियालाइभ एरिनामा आयोजना हुने आयोजकले मंगलबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

पहिलो संस्करणमा कम्तीमा १० देश सहभागी हुने पुष्टि भएको छ, जसमा नेपाल, थाइल्यान्ड, दक्षिण कोरिया, फिलिपिन्स, भियतनाम, मलेसिया, कम्बोडिया, लाओस, बंगलादेश, र भुटान छन्। आगामी दिनमा थप देश सहभागी हुने सम्भावना पनि रहेको जनाइएको छ।

नेपालबाट हिमालय टेलिभिजनले आधिकारिक प्रसारण साझेदारको जिम्मेवारी पाएको छ। सो टेलिभिजनले नेपालको प्रतिनिधि छनोटका लागि राष्ट्रिय अडिसन आयोजना गर्नेछ र कार्यक्रम प्रसारण पनि गर्नेछ। यसले नेपाली कलाकारलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने ठूलो अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ चैत्र १७ गते मङ्गलवार