प्रतिनिधिसभा सभामुखको निर्वाचन चैत २२ गते हुने

प्रतिनिधिसभा सभामुखको निर्वाचन चैत २२ गते हुने

काठमाडौँ — प्रतिनिधिसभाको सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने भएको छ। बुधबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचन मिति तय गरेको रास्वपा सांसद समीक्षा बास्कोटाले जानकारी दिइन्।

बैठकको अध्यक्षता जेष्ठ सदस्य अर्जुननरसिंह केसीले गरेका थिए। यस बैठकमा रास्वपाबाट ५, कांग्रेस र एमालेबाट २/२ जना, र नेकपा, राप्रपा र श्रम संस्कृतिबाट एक/एक जना सांसद उपस्थित थिए। रास्वपाबाट डीपी अर्याल, कबिन्द्र बुर्लाकोटी, विपिन आचार्य, समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार उपस्थित थिए भने कांग्रेसबाट मोहन आचार्य र उर्मिला थपलिया, एमालेबाट गणेशसिंह ठगुन्ना र गुरुप्रसाद बुर्लाकोटी, नेकपाबाट वर्षमान पुन, राप्रपाबाट खुस्बु ओली, र श्रम संस्कृति पार्टीबाट आरेन राई सहभागी थिए।

बैठकको मुख्य उद्देश्य सभामुख निर्वाचनको मिति तय गर्ने र प्रक्रिया समन्वय गर्ने रहेको बताइएको छ।

प्रकाशित मिति : २०८२ चैत्र १८ गते बुधवार