काठमाडौं – नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले पार्टी संसदीय दलको नेताको लागि आफ्नो दाबी प्रस्तुत गरेका छन्। पार्टी कार्यालय च्यासलमा आज बसेको दलको बैठकमा उनले वर्तमान समयमा युवा नेतृत्व आवश्यक रहेको र लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नु उपयुक्त हुने बताएका छन्। बैठकमा सहभागी एक नेताका अनुसार, सुहाङले भने, “आवश्यकता अनुसार, जनभावना अनुरुप, पार्टीले अपनाएको सिद्धान्तअनुसार प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने अवसर हुँदासम्म म आफ्नो इच्छा व्यक्त गर्दछु।”
सुहाङले नेताहरुलाई देशको परिस्थितिलाई सदन भित्र र बाहिर दुवै हेरेर बुझ्न आग्रह गर्दै, नेतृत्वमा युवा ऊर्जासँगै अग्रजको अनुभव र आशिर्वादको संयोजन आवश्यक रहेको पनि बताए। उनका अनुसार, यो कदमले पार्टीमा लोकतान्त्रिक अभ्यासलाई बल दिन्छ र वर्तमान परिस्थितिसँग मेल खाने नेतृत्व चयनमा सहयोग पुग्छ।