• २०८३ भाद्र ९ गते मङ्गलवार
  • Preeti To Unicode

रास्वपाले भन्योः स्वास्थ्यमन्त्री निशा मेहताको गाम्भिर्यता देखिएन

रास्वपाले भन्योः स्वास्थ्यमन्त्री निशा मेहताको गाम्भिर्यता देखिएन

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराउन सिफारिस गरेको छ। श्रममन्त्री दीपककुमार साहले आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियुक्त गरेको विषयमा आवश्यक गम्भीरता नदेखिएको भन्दै पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई पत्र लेखी मन्त्री मेहतालाई सचेत गराउन सुझाव दिएका हुन्।

उक्त पत्रमा यस्तो संवेदनशील विषयमा विभागीय मन्त्रीबाट अपेक्षित जिम्मेवारी नदेखिएको उल्लेख गरिएको छ। यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले श्रममन्त्री साहलाई पदमुक्त गरिसकेका छन्। साह केवल १४ दिन मात्र मन्त्री पदमा रहेका थिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार