• २०८३ भाद्र ९ गते मङ्गलवार
  • Preeti To Unicode

उपसभामुखमा उम्मेदवारी दिएकी रुबीकुमारी भन्छन् : जिम्मेवारी अलि ठूलो भयो तर सक्छु

उपसभामुखमा उम्मेदवारी दिएकी रुबीकुमारी भन्छन् : जिम्मेवारी अलि ठूलो भयो तर सक्छु

काठमाडौँ — प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दिएकी श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुरले आफूलाई पार्टीले ठूलो जिम्मेवारी दिएको बताएकी छन्।

बिहीबार संघीय संसद् सचिवालयमा रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरूसँग कुराकानी गर्दै २५ वर्षीया रुबीले भने, “रास्वपाले समर्थन गर्ने कुरा थिएन, उहाँहरूले पनि समर्थन गरेर सरप्राइज दिनुभएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु। म मधेशको छोरी हो, मधेशको छोरीलाई अगाडि बढाउन उहाँहरूले सहयोग गर्नुभएको होला। म अध्यक्षज्यूलाई पनि धन्यवाद भन्न चाहन्छु, म भुँईको मान्छेलाई यति माथिसम्म पुर्‍याउनु भयो।”

उनी थपिन्, “मैले कल्पना पनि गरेको थिइनँ, यहाँसम्मका लागि। मलाई खुसी लागिरहेको छ, मलाई अलि ठूलो जिम्मेवारी भयो तर म सक्छु। म देशलाई चाहिने सबैथोक गर्छु, सधैं साथ दिन्छु।”

उनको प्रतिक्रिया आत्मविश्वास र प्रतिबद्धताले भरिपूर्ण छ, जसले मधेशको प्रतिनिधित्व र पार्टीको सहयोगको कदर देखाउँछ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार