आज नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर २ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात् आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँ थियो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलाको ४ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ, जबकि आइतबार यसको मूल्य ४ हजार ९७५ रुपैयाँ रहेको थियो।