यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार ठूलो (भारतीय) गोलभेँडा प्रतिकिलो ९५ रुपैयाँ, सानो (लोकल) गोलभेँडा ६० रुपैयाँ, सानो (भारतीय) ४८ रुपैयाँ र सानो (तराई) ५० रुपैयाँ कायम गरिएको छ । आलु रातो प्रतिकिलो २८ रुपैयाँ तथा भारतीय आलु २४ रुपैयाँमा पाइनेछ भने सुकेको भारतीय प्याज प्रतिकिलो ४२ रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, गाजर (लोकल) ६० रुपैयाँ र (तराई) ३५ रुपैयाँ, बन्दा (लोकल र नरिवल) दुवै ४० रुपैयाँ, काउली स्थानीय ७० रुपैयाँ र ज्यापू ८० रुपैयाँमा कारोबार हुनेछ । सेतो मूला (लोकल र हाइब्रिड) दुवै २० रुपैयाँ प्रतिकिलो तोकिएको छ । भन्टा लाम्चो ५५ रुपैयाँ र डल्लो ७० रुपैयाँ कायम गरिएको छ ।

बोडी (तने) ११० रुपैयाँ, मकै बोडी ९० रुपैयाँ, मटरकोसा ६० रुपैयाँ, घिउ सिमी (लोकल) ८५ रुपैयाँ तथा हाइब्रिड र राजमा १०० रुपैयाँ प्रतिकिलो तोकिएको छ । भटमास कोसा १७० रुपैयाँ, करेला ४० रुपैयाँ र लौका ५० रुपैयाँमा बिक्री हुनेछ ।

परवर (लोकल) ८० रुपैयाँ र (तराई) ७० रुपैयाँ, चिचिन्डो ३० रुपैयाँ, घिरौँला ६० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ तथा हरियो फर्सी (लाम्चो र डल्लो) दुवै ५० रुपैयाँ कायम गरिएको छ । सखरखण्ड ७५ रुपैयाँ, भिन्डी ८० रुपैयाँ, पिँडालु ५० रुपैयाँ र स्कुस ५५ रुपैयाँ तोकिएको छ ।

सागतर्फ रायो, पालुङ्गो, चमसुर र मेथीको साग प्रतिकिलो १०० रुपैयाँ रहेका छन् भने तोरीसाग ३० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ कायम गरिएको छ । तरुल ९० रुपैयाँमा पाइनेछ ।

च्याउतर्फ कन्य च्याउ २४० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ र सिताके च्याउ १,००० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।

अन्यतर्फ कुरिलो ५०० रुपैयाँ, निगुरो १०० रुपैयाँ, ब्रोकाउली १०० रुपैयाँ, चुकुन्दर ७० रुपैयाँ, सजीवन १३० रुपैयाँ, कोइरालो ३०० रुपैयाँ, रातो बन्दा ६० रुपैयाँ, पार्सले ३०० रुपैयाँ, सेलरी १३० रुपैयाँ, पुदिना ११० रुपैयाँ, गान्टेमुला ५० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा १५० रुपैयाँ, तोफु १५० रुपैयाँ र गुन्द्रुक ३०० रुपैयाँ तोकिएको छ ।

फलफूलतर्फ स्याउ (झोले) २५० रुपैयाँ र (फुजी) ३०० रुपैयाँ, कागती ३८० रुपैयाँ, अनार ४५० रुपैयाँ, अङ्गुर (हरियो) ३०० रुपैयाँ र (कालो) ४५० रुपैयाँ कायम गरिएको छ । तरबुजा ४५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा २५० रुपैयाँ, काँक्रो (लोकल) ७० रुपैयाँ, (हाइब्रिड) ५० रुपैयाँ र (लोकलक्रस) ८० रुपैयाँ तोकिएको छ । नासपाती (चाइनिज) २५० रुपैयाँ, मेवा (नेपाली) ८० रुपैयाँ र (भारतीय) ९० रुपैयाँ तथा एभोकाडो ८०० रुपैयाँ कायम गरिएको छ ।

मसलातर्फ अदुवा १०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ, हरियो खुर्सानी ८० रुपैयाँ, बुलेट खुर्सानी ७० रुपैयाँ, माछे खुर्सानी ६० रुपैयाँ, अकबरे खुर्सानी ६०० रुपैयाँ र भेडेखुर्सानी ७० रुपैयाँ निर्धारण गरिएको छ । हरियो लसुन २०० रुपैयाँमा उपलब्ध हुनेछ ।

त्यसैगरी, हरियो धनियाँ ८० रुपैयाँ, सुकेको लसुन (चाइनिज) २०० रुपैयाँ र (नेपाली) १०० रुपैयाँ कायम गरिएको छ । ताजा माछातर्फ रहु ३४० रुपैयाँ, बचुवा ३१० रुपैयाँ र छडी ३०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २३ गते बुधवार