हावाहुरीले दाङमा केराखेतीमा ठूलो क्षति

हावाहुरीले दाङमा केराखेतीमा ठूलो क्षति

दाङ । २० वैशाखमा आएको भीषण हावाहुरीले घोराही उपमहानगरपालिका–१२ रतनपुरमा लगाइएको केराखेतीमा ठूलो क्षति पुगेको छ । स्थानीय किसान हुमबहादुर केसीले लगाएको चार बिघामध्ये दुई बिघाको केरा पूर्ण रूपमा नष्ट भएको छ भने बाँकी दुई बिघामा आंशिक क्षति पुगेको उनले बताएका छन् । बिक्रीका लागि तयार हुँदै गरेको केरा हावाहुरीले सखाप पारेको हो । माध्यमिक विद्यालय हापुर रतनपुरको १० बिघा जग्गा भाडामा लिएर पाँच वर्षदेखि व्यावसायिक कृषिमा संलग्न केसीले बीमा नगरेका कारण ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको बताएका छन् । उनले सोही जग्गामा कुखुरापालन तथा मकै, खुर्सानीलगायत अन्य बालीसमेत उत्पादन गर्दै आएका छन् । जापानमा चार वर्ष बसेर स्वदेश फर्किएका केसीले कृषिमार्फत चार जनालाई रोजगारीसमेत दिँदै आएका छन् ।

प्रकाशित मिति : २०८३ बैशाख २३ गते बुधवार