प्रतिभा रावल को अध्यक्षतामा आइतबार बसेको बैठकले बाजुरा–हुम्ला सीमा विवाद अध्ययन तथा समाधानका लागि संघीय समिति गठन गरेको छ।
मन्त्री रावलको सचिवालयका अनुसार समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, कर्णाली प्रदेश सरकार तथा सुदूरपश्चिम प्रदेश सरकार का प्रतिनिधि सदस्य रहनेछन्।
त्यस्तै, नापी विभाग का निर्देशकलाई समितिको सदस्य–सचिवको जिम्मेवारी दिइएको छ। सीमा विवादका विषयमा सघन छलफलपछि समिति गठन गरिएको सचिवालयले जनाएको छ।
बाजुराको लाम्पाटा र हुम्लाको थाली क्षेत्रबीच पर्ने रानीसैन सीमालाई लिएर लामो समयदेखि विवाद हुँदै आएको थियो।
यसै विवादका क्रममा ड्रोन लिएर पुगेको टोली र स्थानीयबीच तनाव उत्पन्न हुँदा झडप र कुटपिटको घटना भएको थियो। उक्त टोलीमा गोपाल हमाल समेत सहभागी रहेका थिए।