प्रधानमन्त्री बालेन्द्र शाहले पुन: सुधन गुरुङलाई गृहमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेका छन्। स्रोतका अनुसार, गुरुङ आजै ३ बजे शपथ लिने तयारीमा छन्। उनले गत वैशाख ९ गते सम्पत्तिबारे प्रश्न उठेपछि राजीनामा दिएका थिए। त्यसपछि गठित छानबिन समितिले उनका सम्पत्तिमा कुनै ठूलो गल्ती वा कमजोरी नदेखिएको भन्दै प्रतिवेदन बुझाएको थियो।
प्रतिवेदनअनुसार, सुधन गुरुङको नाममा धनकुटा बाहेक अन्यत्र जग्गा छैन, जबकि बुवा–हजुरबुवाको नाममा रहेको जग्गा विवरणमा समावेश गरिएको छ। समितिले गुरुङले धनकुटा, चितवन र गोरखामा जग्गा रहेको उल्लेख गरेका तथ्यलाई पनि पुष्टि गरेको छ। यसकारण प्रधानमन्त्री शाहले उनलाई पुन: गृहमन्त्री पदमा नियुक्त गर्न लागेको हो।