काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। यद्यपि, गत मंगलबारको तुलनामा सुनको मूल्य अझै कम रहेको छ। गत साताको यही दिन सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँ पुगेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर आज ४ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गत मंगलबार भने चाँदीको मूल्य प्रतितोला ५ हजार ४०५ रुपैयाँ रहेको थियो। यसरी आज सुन र चाँदी दुवैको मूल्य अघिल्लो दिनको तुलनामा बढे पनि एक साताअघिको तुलनामा भने अझै कम रहेको देखिएको छ।