स्वदेशमै रोजगारी सिर्जनामा सरकार केन्द्रित, रिटर्नी कामदारको सीप उपयोग गरिने : मन्त्री यादव

स्वदेशमै रोजगारी सिर्जनामा सरकार केन्द्रित, रिटर्नी कामदारको सीप उपयोग गरिने : मन्त्री यादव

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सरकार लागिपरेको बताएका छन्। बुधबार मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रममार्फत रोजगारी विस्तार गर्ने व्यवस्था गरिएको जानकारी दिए। विदेशबाट फर्किएका नेपाली (रिटर्नी) कामदारहरूको तथ्यांक संकलन गरी उनीहरूले हासिल गरेको सीप, अनुभव, रुचि र खोजेको अवसरबारे अध्ययन गरेर क्षमताअनुसार देशभित्रै रोजगारी सिर्जना गर्ने कार्यक्रम सञ्चालन गरिएको उनले बताए। मन्त्री यादवले नीति, कार्यविधि, प्रणाली र कार्यान्वयन संरचना स्पष्ट बनाउने काममा सरकार केन्द्रित रहेको उल्लेख गर्दै आवश्यक परे मन्त्रालयका कार्यक्रमका लागि थप बजेट निकासा गर्न सकिने बताए। बढ्दो माग भएका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने काम भइरहेको भन्दै उनले अहिले सरकार नयाँ कार्यक्रम थप्नेभन्दा पनि दीर्घकालीन आधार तयार गर्ने चरणमा रहेको स्पष्ट पारे। साथै विदेशमा रहेका तथा फर्किएका नेपालीको ज्ञान, सीप र अनुभव

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार