संसद्‍मा निश्कल राईको प्रश्न– ‘श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ?’

संसद्‍मा निश्कल राईको प्रश्न– ‘श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ?’

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहको कार्यशैली निरंकुश बन्दै गएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले “श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन” भन्दै टिप्पणी गरे। कुनै बेला “बोल्न दे सरकार, गरिबको चमेली बोलिदिने कोही छैन” भन्ने बालेन र अहिलेको व्यवहारबीच ठूलो अन्तर देखिएको उनको भनाइ थियो। राईले राज्य अनधिकृत नेटवर्कबाट सञ्चालन हुन थालेको आरोप लगाउँदै सुरक्षा घेराभित्र अनधिकृत व्यक्तिहरू सक्रिय रहँदा सत्ता पक्षका सांसदहरू मौन बसेको बताए। साथै, कांग्रेस सभापति गगन थापा र एक मिडिया हाउसअगाडि गाडी तेर्स्याइएको घटनालाई उनले अलोकतान्त्रिक गतिविधि र राज्य आतंकको संकेतका रूपमा व्याख्या गरे।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार