काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेनाध्यक्ष धिरज सेठबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता सुरु भएको छ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा गत ३१ साउनमा काठमाडौं आएका भारतीय सेनाध्यक्ष सेठ सोमबार विभिन्न औपचारिक कार्यक्रममा सहभागी भएका थिए । उनले बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए भने त्यसपछि नेपाली सेनाको मुख्यालय जंगी अड्डामा उनलाई सम्मान तथा गारद प्रदान गरिएको थियो । सो क्रममा सेठले प्रधानसेनापति अशोकराज सिग्देलसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै जंगी अड्डामा वृक्षरोपण गरेका थिए । त्यसपछि उनले नेपाली सेनालाई सैनिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । सोमबारकै पूर्वनिर्धारित कार्यक्रमअनुसार राष्ट्रपति कार्यालय शीतल निवास पुगेका सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभित गरेका थिए । अहिले प्रधानमन्त्री शाह र भारतीय सेनाध्यक्ष सेठबीच दुई देशबीचको आपसी सम्बन्ध तथा अन्य समसामयिक विषयमा छलफल भइरहेको छ ।