विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन्। उनले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ मत परेको छ भने विपक्षमा २२ मत परेको छ। त्यस्तै, ४ जना सांसदले मत दिन्नँ भन्ने पक्षमा मतदान गरेका छन्। ९२ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्नेमा मुख्यमन्त्री कार्कीले त्यसलाई पार गर्दै विश्वासको मत प्राप्त गरेका हुन्। मत विभाजनमा ८३ जना सांसद सहभागी भएका थिए भने जनता समाजवादी पार्टी (जसपा)की सांसद निर्मला लिम्बू अनुपस्थित रहेकी थिइन्।