काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा भक्तजनहरूको ठूलो घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा–आराधना तथा भगवान् श्रीकृष्णको दर्शनका लागि शुक्रबार बिहानैदेखि मन्दिरमा दर्शनार्थीको भीड लागेको हो । विभिन्न स्थानबाट आएका भक्तजनहरू बिहानैदेखि मन्दिर परिसरमा लामबद्ध भएर पूजा तथा दर्शन गरिरहेका छन् ।