• २०८३ असोज २७ गते मङ्गलवार
  • Preeti To Unicode

लोसपासँग एकीकरणपछि जसपा नेपालको पहिलो केन्द्रीय समिति बैठक बुधबारदेखि

लोसपासँग एकीकरणपछि जसपा नेपालको पहिलो केन्द्रीय समिति बैठक बुधबारदेखि

ललितपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक बुधबारदेखि बस्ने भएको छ। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसँग एकीकरण भएपछि बस्न लागेको यो पहिलो केन्द्रीय समिति बैठक हो। तीन दिनसम्म चल्ने बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन निर्माण, पार्टी समायोजन, लेवी लगायतका विषयमा छलफल हुने बताइएको छ।

बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यस्तै, सांगठनिक प्रतिवेदन पनि प्रस्तुत हुने पार्टीका उपाध्यक्ष जितेन्द्र सोनलले जानकारी दिएका छन्। दुवै प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले छलफल गर्नेछन्।

लोसपासँग एकीकरणपछि हालसम्म केन्द्रीय समितिको मात्र समायोजन भएको छ। प्रदेश, जिल्ला तथा स्थानीय तहमा पार्टी समायोजनको काम भने बाँकी रहेको छ। त्यसैगरी, भ्रातृ संगठनहरूको समायोजन पनि बाँकी छ।केन्द्रीय समितिको बैठकले प्रदेश, जिल्ला तथा स्थानीय तहमा पार्टी समायोजन र भ्रातृ संगठनहरूको समायोजनबारे टुंगो लगाउने बताइएको छ। बैठकले केन्द्रीय सदस्यहरूको जिम्मेवारीसमेत बाँडफाँड गर्नेछ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार