• २०८३ असोज २७ गते मङ्गलवार
  • Preeti To Unicode

नेपाली कांग्रेसको बन्द सत्र अझै सुरु भएन, १२ बजेपछि सुरु हुने सम्भावना

नेपाली कांग्रेसको बन्द सत्र अझै सुरु भएन, १२ बजेपछि सुरु हुने सम्भावना

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबारका लागि बोलाइएको बन्द सत्र अझै सुरु हुन सकेको छैन। बिहान १०ः३० बजेका लागि तय गरिएको बन्द सत्र प्रतिनिधिहरूले खाना खाएपछि दिउँसो १२ बजेपछि मात्रै सुरु हुने सम्भावना रहेको छ।

महाधिवेशन प्रतिनिधिहरूले खाना खाइसकेपछि बन्द सत्र सुरु गर्ने तयारी गरिएको हो। बन्द सत्रमा पार्टीका चारवटा प्रतिवेदन पेस गरी छलफल तथा पारित गर्ने कार्यसूची रहेको छ।

मिडिया सेन्टरका अनुसार बन्द सत्र सबै महाधिवेशन प्रतिनिधिका लागि खुला गरिनेछ। बन्द सत्रमा पार्टी सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदनसहित चारवटा प्रतिवेदन पेस गरिनेछ। ती प्रतिवेदनमाथि प्रतिनिधिहरूले छलफल गरेपछि पारित गर्ने तयारी गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार