• २०८२ बैशाख ५ गते शुक्रवार
  • Preeti To Unicode

स्वर्णलक्ष्मी सहकारी प्रकरण: रवि लामिछाने पुनरावेदनमा


काठमाडौँ  – स्वर्णलक्ष्मी सहकारी घोटाला प्रकरणमा संलग्न रहेको आरोप लागेका रवि लामिछाने पुनरावेदन गर्न लागेका छन्। उनले आज बिहान ११ बजे पाटन उच्च अदालतमा पुनरावेदन दिने तयारी गरेका छन्।

स्वर्णलक्ष्मी सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ। काठमाडौं जिल्ला अदालतले माघ २ गते लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

तर, सरकार पक्षले उक्त आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै उच्च अदालत पाटनमा पुनरावलोकनका लागि निवेदन दर्ता गराएको छ।

यस प्रकरणमा अदालतको आगामी निर्णयलाई लिएर चासो बढेको छ।

प्रकाशित मिति : २०८१ चैत्र ७ गते शुक्रवार