• २०८२ बैशाख ५ गते शुक्रवार
  • Preeti To Unicode

माछापुच्छ्रे बैंकद्वारा प्रधानमन्त्री उद्धार कोषमा २५ लाख सहयोग


काठमाडौं । माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा विगत केही समय अगाडी आएको बाढी पहिरो र डूबानबाट प्रभावित तथा पिडितहरुलाई सहयोग पुगोस भन्ने उद्धेश्यले २५ लाख रुपैंया सहायता स्वरुप प्रदान गरेको छ ।

बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका अध्यक्ष रोशन के.सी.ले सम्मानीय प्रधानमन्त्री केपीशर्मा ओलीलाई आइतबार २५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन ।

उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु,प्रमुख कार्यकारी अधिकृत तथाबैंक ब्यवस्थापनका उच्च पदस्थपदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : २०८१ कार्तिक ५ गते सोमवार