29.1 C
Kathmandu
Tuesday, May 30, 2023
spot_img

मधेस प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक अङ्कमा झ¥यो

मधेस प्रदेशमा कोभिड–१९ को सक्रिय सङ्क्रमितको सङ्ख्या एक अङ्कमा झरेको छ । केही दिनदेखि निरन्तर घट्दै गएको कोभिड–१९ सक्रिय सङ्क्रमितको सङ्ख्या मधेस प्रदेशमा चार जना मात्र छन् । चारै जना होमआइसोलेशनमा रहेको मधेस प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना महामारी सुरु भएयता मधेस प्रदेशमा कोरोना सङ्क्रमणबाट हालसम्म ४१ हजार ४१७ सङ्क्रमित भएकामा ४० हजार ३५१ जना उपचारपश्चात निको भएर घर फर्किएका छन् । सङ्क्रमणकै कारण हालसम्म बारामा १८१, सप्तरीमा १६१, सिरहामा १३५, धनुषामा १३२, पर्सामा १३२, रौतहटमा १२९, सर्लाहीमा ९३ र महोत्तरीमा ९१ गरी एक हजार ६२ जनाको मृत्यु भइसकेको मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै मधेस प्रदेशमा करिब ७३ प्रतिशतले कोेभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । सार्वजनिक सेवाका लागि खोप कार्ड अनिवार्य गरेको र खोपसम्बन्धी निरन्तरको प्रचार–प्रसार तथा स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण कोभिड–१९ विरुद्धको खोप लगाउने दर बढेको मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,790FollowersFollow
20,800SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles