कास्कीको पोखरीमा डुवेर आज एक बालकको मृत्यु भएको छ। प्रहरीको अनुसार कास्की पोखरा महानगरपालिका ५ पस्र्याङमा गत सोमबार बेलुकादेखि हराएका ४ वर्षीय सुहौन केसी मंगलबार पोखरीमा मृत भेटिएका थिए।
उनि सोमबार बेलुका खेल्न भन्दै घरबाट निस्केका थिए । अबेरसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो।
त्यस लगत्तै प्रहरी टोलि परिचालित भइ आज खुडेपोखरीमा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञान खड्काले जानकारी दिए ।