झापामा ४ केजी गाँजासहित एक महिला पक्राउ, आपत्तिजनक सामग्री पनि बरामद


काठमाण्डौ- झापाको बुद्धशान्ति गाउँपालिका ३ की २९ वर्षीया महिला दुर्गा धिमाललाई प्रहरीले ४ केजी गाँजासहित पक्राउ गरेको छ। पक्राउ परेकी धिमालसँग अन्य आपत्तिजनक सामग्रीहरू पनि बरामद गरिएको छ, जसमा ठूलो मात्रामा नगद, नशालु पदार्थ बनाउन प्रयोग हुने सामग्री र अन्य वस्तुहरू समावेश छन्।

प्रहरीले धिमालको साथबाट २,३६० भारतीय रुपैयाँ, ३,०६,८७० नेपाली रुपैयाँ, १ थान तराजु, ८ वटा ढक, ६७ वटा माटोका चिलिम, १० पिस लाइटर, १० मिटर डोरी, ५० पिस प्याकेजिङ प्लाष्टिक, ३ थान चक्कु, १ थान कैची, २ थान अचानो, १ थान हथौडा र १ थान मोबाइल समेत बरामद गरेको छ। यी सामग्रीहरू नशालु पदार्थको उत्पादन र बिक्रीसँग जोडिएका सम्भावना रहेको प्रहरीको भनाइ छ।

धिमाललाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर अनुसन्धान जारी राखिएको छ।

प्रकाशित मिति : २०८१ पुष ७ गते आइतवार