19.1 C
Kathmandu
Monday, March 25, 2024
spot_img

नवौँ राष्ट्रिय खेलकुद ः जिल्लास्तरीय छनोट भदौ १० देखि

आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय छनोट भदौ १० देखि सुरु हुने भएको छ ।

बैतडी जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक आवेदन भरेका महिला र पुरुष खेलाडीको छनोट भदौ १० देखि भदौ १५ सम्म हुने भएको हो । पहिलो दिन टेबलटेनिस (महिला÷पुरुष), बुद्धिचाल, भारत्तोलन पुरुष, कराते, तेक्वान्दो (महिला÷पुरुष) छनोट सदरमुकाममा हुनेछ । दोस्रो दिन सदरमुकाममै ब्याडमिन्टन (महिला÷पुरुष), उस्सु फुल कन्टयाक्ट कराते (महिला÷पुरुष), मेलौली खेल मैदानमा भलिबल (महिला÷पुरुष) छनोट भदौ १२ गते हुने जनाइएको छ ।

यस्तै भदौ १३ गते पाटन खेल मैदानमा कबड्डी (महिला÷पुरुष), एथलेटिक्स (महिला÷पुरुष), फुटबल, बक्सिङ (पुरुष), भदौ १४ गते देहिमाडौँ खेल मैदानमा पुरुष क्रिकेट र भदौ १५ गते सोही मैदानमा महिला क्रिकेट छनोट प्रतियोगिता सञ्चालन हुने बैतडी जिल्ला खेलकुद समितिले जनाएको छ ।

छनोट प्रतियोगितामा सहभागी हुनका लागि यहाँका ३२५ खेलाडीले आवेदन भरेका छन् । जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles