15.1 C
Kathmandu
Tuesday, March 26, 2024
spot_img

परराष्ट्रमन्त्री खड्कासँग अमेरिकी उपविदेशमन्त्रीको भेट

परराष्ट्रमन्त्री डा नारायण खड्कासँग संयुक्त राज्य अमेरिकाका उपविदेशमन्त्री जिया नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेटवार्ता गरेको छ ।

परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा उहाँहरुबीच द्विपक्षीय÷बहुपक्षीय मञ्चहरूमा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध र सहयोग सम्बन्धी विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहनुभएका उहाँ तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार यहाँ आइपुग्नुभएको हो ।

यो वर्ष नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष चलिरहेको छ । यस अवसरमा नेपाल भ्रमणका लागि अमेरिकाबाट उच्च अधिकारीहरु आइरहनुभएको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles