16.1 C
Kathmandu
Friday, April 12, 2024
spot_img

सात सय छ पालिकाको मतगणना सम्पन्न

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको हालसम्म ७०६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

निर्वाचन आयोगका अनुसार गाउँपालिका, नगरपालिका र महानगरपालिका गरी ७०६ को मतगणना सम्पन्न भइ परिणाम सार्वजनिक भएको छ । मुलुकभर कूल ७५३ पालिका रहेकामा गणना सकिएका पालिकाको प्रतिशत ९३ दशमलव ९४ प्रतिशत देखिएको छ । मतपरिणाममा नेपाली कांग्रेस अग्रणी रहेको छ भने त्यसपछिको क्रममा नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्रलगायत रहेका छन् । काठमाडौँ, ललितपुर, भरतपुर, पोखरा, वीरगञ्ज महानगरसहित केही पालिकाको मतगणना जारी रहेको छ ।
बाजुराको बुढी गङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिका–१२ मा भएको मतदानमा विवाद उत्पन्न भएकाले मतगणना गर्ने या पुनःमतदान गर्ने भन्नेमा निर्वाचन आयोगले निर्णय गर्न बाँकी रहेको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles