• २०८२ फाल्गुन २९ गते शुक्रवार
  • Preeti To Unicode

स्याङ्जाको लामागे फाँटमा शंकास्पद बम फेला


काठमाडौँ  – स्याङ्जाको पुतलीबजार नगरपालिका–१४, लामागे फाँटमा बुधबार बिहान शंकास्पद बम फेला परेको छ। विष्णुप्रसाद पौडेलको खेतमा जैसिनीले खेत सम्याउने क्रममा सतहभन्दा एक हात मुनि तार जडित फलामको बोत्तलजस्तो वस्तु भेटिएपछि बम रहेको आशंका गरिएको हो।

शंकास्पद बम फेला परेपछि बुधबार बिहानैदेखि उक्त स्थानलाई सुरक्षा सतर्कता अपनाउँदै घेराबन्दी गरिएको थियो। सिंह सारदुल गुल्म आँधीखोला ब्यारेक, स्याङ्जाबाट सेनाको टोली परिचालित भई बिहीबार बिहान ११ बजे उक्त बमलाई सुरक्षित रूपमा डिस्पोज गरिएको छ।

बमको प्रकृति
डिस्पोज गरिएको बम टुईचमोटरमा प्रयोग हुने इचही बम भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ।

प्रहरीको भनाइ
प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलका अनुसार बम डिस्पोज गर्दा कुनै प्रकारको क्षति नभएको र सुरक्षा मापदण्डलाई पूर्ण रूपमा पालना गरिएको थियो। घटनास्थललाई सुरक्षित राख्दै थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

अतिरिक्त विवरण
घटनाबारे जानकारी र तस्बिर स्थानीय पत्रकार भवानी अधिकारीद्वारा उपलब्ध गराइएको हो।

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार