सुनको मूल्यमा ठुलो गिरावट, तोलामा साढे ७ हजार रुपैयाँले घट्यो


काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा बुधबार एकैदिन ठुलो गिरावट आएको छ। वैशाख १० गते (बुधबार) सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँले घटेर नयाँ दर कायम गरिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९७ हजार ९ सय रुपैयाँ थियो। बुधबार भने सो मूल्य घटेर १ लाख ९० हजार ४ सय रुपैयाँमा झरेको छ।

१० ग्राम सुनको मूल्य पनि घटेको छ। बुधबारको दरअनुसार १० ग्राम सुनको मूल्य १ लाख ६३ हजार २ सय ३५ रुपैयाँमा निर्धारण गरिएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ९ सय ७० रुपैयाँ थियो भने बुधबार यो घटेर १ हजार ९ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सुनचाँदीका मूल्यहरूमा आएको यति ठूलो उतारचढावले बजारमा हलचल ल्याएको छ भने उपभोक्ताहरूको ध्यान समेत तानिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार