• २०८२ कार्तिक ९ गते शनिवार
  • Preeti To Unicode

रुपन्देहीका सन्दीप न्यौपानेको जम्मु कश्मीरको आतंकवादी हमलामा मृत्यु


काठमाडौं – रुपन्देहीका सन्दीप न्यौपानेको भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा परेर मृत्यु भएको छ। सन्दीप भारत घुम्न गएका थिए र उनी आफ्नो आमा-बुबा र दिदीसँग बिदामा जम्मु कश्मीर पुगेका थिए।

सन्दीप नेपालमै इन्जिनियरिङ अध्ययन गर्दै थिए। उनी कश्मीरको बैसारन भन्ने स्थानमा भएका आतंकवादी हमलामा परेका हुन्, जुन पहलगामबाट ६ किलोमिटर टाढा रहेको स्थान हो। आतंकवादीहरूले पर्यटकहरूको नाम सोधेर गोली हानेका थिए जसका कारण सन्दीप सहित कम्तीमा २६ जनाको मृत्यु भएको छ। मृतकहरूको बीचमा नेपाल, यूएई र भारतका विभिन्न राज्यका नागरिक समावेश छन्।

बैसारन क्षेत्रलाई सुन्दर प्राकृतिक दृश्यका कारण “मिनी स्विटजरल्याण्ड” भनेर चिनिन्छ, र यस क्षेत्रलाई पर्यटकहरूको आकर्षणको केन्द्र मानिन्छ।

नेपालका गृहमन्त्री रमेश लेखकले सन्दीप न्यौपानेको मृत्युको पुष्टि गरेका छन्। नेपाल सरकारले यस आतंकवादी हमलाको कडा निन्दा गर्दै मृतकका परिवारसँग गहिरो समवेदना व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार