22.1 C
Kathmandu
Saturday, March 25, 2023
spot_img

दीक्षान्त समारोहमा ३७ लाख खर्च

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोहको आयव्यय सार्वजनिक गरेको छ । गत वैशाख ६ गते सम्पन्न दीक्षान्त समारोहमा रु ३७ लाख खर्च भएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका डीन एवं दीक्षान्त समारोह प्रचारप्रसार समितिका संयोजक डा लिलाधर तिवारीका अनुसार अथिति सत्कार र यातायाततर्फ रु १३ लाख ७४ हजार खर्च भएको छ । कार्यक्रम सञ्चालन तथा स्थल व्यवस्थापनतर्फ रु पाँच लाख ७० हजार खर्च भएको तिवारीले जानकारी दिनुभयो ।

यस वर्ष २९ जनालाई विभिन्न पदक प्रदान गरिएको थियो । समारोहमा ५१९ विद्यार्थी दीक्षित भएका थिए । दीक्षान्त समारोहमा शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेल, नोबेल शान्ति पुरस्कार विजेता कैलाश शत्यार्थीलगायत सहभागी हुनुहुन्थ्यो । यसअघि विश्वविद्यालयको दीक्षान्त समारोह २०७४ असार १९ गते आयोजना गरिएको थियो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,749FollowersFollow
20,700SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles