10.5 C
Kathmandu
Sunday, April 2, 2023
spot_img

अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट पाँच जना पक्राउ

झापाको बुद्धशान्ति गाउँपालिका-३ बुधबारे बजारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ५ ग्राम १ सय १० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुद्धशान्ति गाउँपालिका-३ बस्ने २४ वर्षीय अजय तामाङ्, १९ वर्षीय संदेश राई र २० वर्षीय सन्तोष राजबंशी रहेका छन् । ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले प्रदेश १-०१-००२ ह ३५६ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा लुकाई छिपाई ल्याउदै गरेको उक्त लागूऔषध सहित फेला पारी अटो चालक अजय तामङ समेत उनीहरुलाई पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० स्थित बजारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ १ सय मिलिग्राम र नगद ४ हजार १ सय ७० रुपैयाँ सहित सोही नगरपालिका-१२ तिनकुने बस्ने कालीकोट सान्नीत्रिबेणी गाउँपालिका-२ घर भएका २४ वर्षीय प्रकाश बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध र नगद सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ करिब ६२ ग्राम सहित भारत लखिमपुर खिरी तहशिल पलिया घर भई हाल धनगढी उपमहानगरपालिका-१ डेरा गरी बस्ने १९ वर्षीय सानु अन्सारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी परासनबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आइरहेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाको विषयमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,754FollowersFollow
20,700SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles