• २०८१ चैत्र ४ गते मङ्गलवार
  • Preeti To Unicode

कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्डमा पहिरोका कारण सडक अवरुद्ध



काठमाडौँ  – सोमबार बिहान पहिरोका कारण कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्डको भोटखोला क्षेत्रमा सडक अवरुद्ध भएको छ।

भोटखोलाको हटिया र हुङ्गगुङ्ग बीचको धिग डाँडा खण्डमा १५ मिटर माथिबाट ठूलो पहिरो खस्दा सडक अवरुद्ध भएको हो। पहिरो खसिसकेपछि भोटखोलाबाट खाँदबारी जाने यातायातका साधन सञ्चालनमा रोकावट आएको छ। साथै, खाँदबारीबाट गएको सवारीसाधन पनि अलपत्र परेको छ।

सडकको लगभग ३० मिटर भाग पहिरोले पुरेको छ। यस घटनापछि भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले पहिरो हटाउन उत्तर दक्षिण कोशी सडक योजनासँग सहयोगको माग गरेका छन्।

सार्वजनिक यातायात र आवतजावतका लागि समस्या उत्पन्न भएको छ र स्थानीयवासी र यातायात सेवा संचालकहरू राहतका लागि तात्कालिक समाधानको अपेक्षामा छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार