• २०८१ मङ्सिर ६ गते बिहिवार
  • Preeti To Unicode

आज १८ अंकले घट्यो नेप्से परिसूचक, ५ अर्बको कारोबार



काठमाडौं । विहिबार  १८ अंकले घटेको छ । आज नेप्से १८.२५ अंकले घटेर २६२७.१४ विन्दुमा बन्द भएको छ ।आज कुल ३१७ कम्पनीका एक करोड २२ लाख ८३ हजार ६२३ कित्ता शेयर किनबेच हुदा ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार बराबरको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी एसबीआई बैंकको शेयर मुल्य ९.७५ प्रतिशतले बढेको छ भने पिपुल्स हाइड्रोको शेयर मुल्य ७.८८ प्रतिशतले बढेको छ । त्यस्तै रावा इनर्जीको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबैभन्दा बढी एनएलजी इन्सुरेन्सको ३४ करोड ३१ लाख २० हजार बराबरको कारोबार भएको छ भने पिपुल्स हाइड्रोको सबै भन्दा बढी ५ लाख ६ हजार ९२ कित्ता शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ८ गते बिहिवार