• २०८२ बैशाख ५ गते शुक्रवार
  • Preeti To Unicode

भर्जिनियामा चार नेपाली सवार कार दुर्घटना, दुई जनाको मृत्यु


काठमाडौं । अमेरिकाको भर्जिनियामा चार नेपाली सवार कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रुखमा ठोक्किई कार दुर्घटना हुँदा बर्दियाका विवेक सुवेदी र रुकुमका सुरेश केसीको ज्यान गएको छ ।

सुवेदी साइबर सुरक्षा अनुसन्धाकर्मी हुन् । उनी अमेरिकास्थित सिस्को नेटवर्किङ एकेडेमीमा विगत दुई वर्षदेखि साइबर सुरक्षा विश्लेषकका रूपमा कार्यरत थिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार