बन्दी प्रत्यक्षीकरण रिटमा सकियो दुर्गा प्रसाईंको सुनुवाइ


 

काठमाडौं । दुर्गा प्रसाईंको पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरणको रिटमा आइतबार सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भन्दै अप्रमाणित कागजात सार्वजनिक गरेको अभियोगमा प्रसाईंलाई पक्राउ गरिएको थियो ।

सोही पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट लिएर छोरा निराजन सर्वोच्च अदालत पुगेका हुन् । पहिलो नम्बरमा पेशी चढेको उक्त रिटमाथि सुनुवाइ भइसकेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार